लक्ष्मण विश्वकर्मा,तुलसीपुर ३ असार ।
दोस्रो चरणको स्थानिय तहको निर्वाचनको लागी आईतवार उम्मेदवार मनोनयन दर्ता हुदैछ । राजनितिक दलका तर्फबाट र स्वतन्त्र उम्मेदवारको तर्फबाट उम्मेदवार बनेकाहरुले मनोनयन दर्ता गर्नका लागेका छन् । मनोनयन दर्ताको लागी उम्मेदवारहरु निकै दौडधुवमा लागी परेका छन् । दोस्रो चरणको स्थानिय तहको निर्वाचनको लागी मनोनयन दर्ता प्रक्रियाका लागी सम्पुर्ण तयारी पुरा गरेको निर्बाचन आयोगले जनाएको छ ।
यसैविच तुलसीपुर उपमहानगरपालीमा निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार मनोनयन दर्ता गर्ने समय निर्धारण, कर्मचारी खटनपटन,मनोनयन दर्ता केन्द्र लगाएतका कामको व्यवस्थापनको तयारी पुरा भएको छ । मनोनयन दर्ताका लागी तुलसीपुर उपमहानगरपालिकाको सभाकक्षमा विहान ८ वजेदेखी वेलुका ४ वजे सम्मको समय निर्धारण गरीएको सहायक निर्वाचन अधिकृत ललित बहादुर घर्तिले जानकारी दिनु भएको छ ।
उहाले दिएको जानकारी अनुसार नगरको प्रमुख र उपप्रमुख मनोनयन दर्ताको केन्द्र बाहेक अन्य पदको मनोनयन दर्ताको लागी सभाकक्ष भित्र चार वटा दर्ता केन्द्रको व्यवस्था गरीएकोे छ । विहान ८ वजे देखी हुने दर्ता प्रक्रियामा वडा नं. १ देखी ५ सम्म १ नम्वर केन्द्र,वडा नं. ६ देखी १० सम्म २ नम्वर केन्द्र,वडा नं.११ देखी १५ सम्म ३ नम्वर केन्द्र र वडा नं.१६ देखी १९ सम्म ४ नम्वर केन्द्रको व्यवस्थापन गरीएको छ । तुलसीपुर क्षेत्रमा अहिले सम्म ११ वटा दल भएको र केहि स्वतन्त्रको तर्फबाट मनोनयन दर्ता गर्ने भएका छन् ।
यस्तै मनोनयन दर्ताका लागी तुलसीपुर क्षेत्रमा सवै भन्दा पहिला नयाँ शक्ति पार्टी र जनजागरण पार्टी नेपालको रहेको तुलसीपुर निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । यी दुवै पार्टीले सवै भन्दा अगाडी मनोनयन दर्ता पत्र लगेको भन्दै उनीहरुको पालो पहिलो हुने सहायक निर्वाचन अधिकृत घर्तिले बताउनु भएको छ । त्यस्तैगरी दोस्रोमा राष्टिय प्रजातन्त्र पार्टी ,तेस्रोमा काग्रेस ,चौथोमा नेकपा एमाले ,पाँचौमा जनमोर्चा र छैठौमा माओवादी लगाएतका दलहरुको पालो रहेको बताइएको छ ।
मनोनयन दर्ताका लागी ठुला र साना दललाई कति समय दिने भनेृर समय निर्धारण गरेको छ । जस अनुसार मनोनयन दर्ताका लागी ठुला दललाई एक घण्टा र साना दललाई ३० मिनेट समय निर्धारण गरीएको छ । तर स्वतन्त्र उम्मेदवारहरुलाई भने समय निर्धारण नगरीएको बताइएको छ । साथै कुन पदमा कति शुल्क लाग्ने भन्ने शुल्क निर्धारण गरीएको छ । जसको लागी नगरको प्रमुख र उपप्रमुख पदको मनोनयन दर्ता शुल्क पुरुष भए रु. एक हजार पाँच सय र महिला भएमा पचास प्रतिशत छुट दिने व्यवस्था अनुसार सात सय पचास लाग्नेछ ।
त्यस्तैगरी वडा अध्यक्ष पदको लागी रु एक हजार र वडा सदस्य पदका लागी पुरुष भए रु पाँच सय र दलित तथा महिला भएमा पचास प्रतिशत छुट दिने व्यवस्था गरीएको छ ।।