तुलसीपुर,३ असार ।
नेकपा एमाले तुलसीपुर उप महानगरपालिकामा मेयरका उम्मेदवार घनश्याम पाण्डेले जनताको एक मत पनि अमुल्य हुने बताएका छन् । तुलसीपुर ८ बुटनियामा भएको भेलालाई सम्बोधन गर्दै पाण्डेले एक मतले विजय र पराजय बनाउने भएकाले यसको ठूलो अर्थ रहने बताए । एक मत त होनि भनेर हेलचेक्रयाई नगर्न आग्रह गर्दै मतदातालाई निर्वाचनको समयमा मतदान स्थलसम्म पुर्याउने वातावरणको सृजना गर्न कार्यकर्तालाई आग्रह गरे ।
त्यसैगरी उनले विकासका लागि जनता सामु गरेका बाचा पुरा गर्ने प्रतिवद्धता गरे । ‘हरेक वडा र गाउँमा के विकास गर्ने भन्ने योजना अघि सारेको छु, त्यसमा छुटेका कुरा जनतासंग समन्वय गरेर काम गरिने छ,’ पाण्डेले भने । त्यसैगरी भेलामा उपमेयरका उम्मेदवार माया आचार्यले महिलालाई अधिकार सम्पन्न बनाउने दौडमा लागेकाले सवै उम्मेदवारलाई निर्वाचित गराउन आग्रह गरिन ।
तुलसीपुर ८ नम्बर वडा अध्यक्षका उम्मेदवार मेघराज भुसालको अध्यक्षतामा भएको कार्यक्रममा एमालेका नेता जनताको लाई शिर निहुरिने काम नगर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।।