तुलसीपुर, असार ३ ।
यस वर्षको एसइइको नतिजामा तुलसीपुर ७ हलवारका जुम्ल्याहा दिदी वहिनीले ए प्लस ल्याएका छन् । पब्लिक ज्ञानज्योति स्कुल बम्नैबाट परीक्षा दिएका रक्षा र सुरक्षा आचार्यले ए प्लसका साथमा एसइइको परीक्षामा सफलता हात पारेका हुन् ।
नतिजा अनुसार दिदी रक्षा आचार्यले ३.८ जिपिए ल्याएर तुलसीपुर उप महानगरपालिकामै छात्रा तर्फ प्रथम भएको विद्यालयका संस्थापक अध्यक्ष टिकावहादुर जिसीले दावी गर्नु भएको छ । बहिनी सुरक्षा आचार्यको भने ३.६५ जिपिए ल्याउनु भएको छ । एउटै कक्षामा पढ्दै आएका दिदी वहिनी कक्षा नर्सरी देखि नै प्रथम र द्धितिय हुने गरेको विद्यालयका शिक्षक सालिकराम रिजालले वताउनु भयो । विद्यालयले उनीहरु दुवैलाई नर्सरीदेखि नै छात्रवृत्तिमा निशुल्क अध्यापन गराउदै आएको अध्यक्ष जिसीले जानकारी दिनुभयो । आशातित नतिजाबाट उत्साहित भएका दिदी बहिनीकै सोच चिकित्सा क्षेत्रमा लाग्ने रहेको छ ।
एसइईको नतिजामा ज्ञानज्योतिका जुम्ल्याहा दिदी वहिनीको ए प्लस
प्रकाशित मिति : २०७४ असार ३ गते शनिवार
प्रतिक्रिया