युवा सँघको चुनावी प्रशिक्षण, केन्द्रीय अध्यक्ष पहारीले युवाहरुलाई दिए यस्तो निर्देशन

सन्तोष वली,तुलसीपुर,२ असार ।

युवा सँघ नेपालका केन्द्रीय अध्यक्ष राजीव पहारीले निर्वाचन सार्नु हारको मानसिकता भएको बताउनुभएको छ । युवा परीचालन तथा सुरक्षा दस्ता बिभागको आयोजना एव युवा सँघ नेपाल दाङको ब्यवस्थापनमा घोराहीमा भएको एक दीने चुनावि प्रशिक्षण कार्यक्रम लाई सम्बोधन गर्दै उहाले यस्तो बताउनु भएको हो ।

उहाले मधेशी नेताहरुले हल्ला गरे जस्तो तराई मधेशका जनताहरु निर्वाचनको विरोधमा नभएको बताउनुभएको थियो । प्रमुख अतीथि समेत रहेका पहारीले युवा सघ नेपाल , नेकपा एमाले पाटीको मेरुदण्ड भएकोले असार १४ गते हुने स्थानीय नीर्वाचनमा मतदाता र बुथको सँरक्षण गर्न युवा लाइ निर्देशन दीनुभएको थियो ।

यस्तै कार्यक्रमा विशिष्ठ अथीती नेकपा एमालेकी केन्द्रीय सदस्य सुजीता शाक्यले एमाले लाइ पहीलो शक्ति हुन बाट कसैले नी रोक्न नसक्ने बताउनु भएको छ । कार्यक्रमा नेकपा एमाले केन्द्रीय सदस्य एव नेकपा एमाले दाङ इन्चार्ज मेटमणी चौधरी ,युवा सँघ नेपाल केन्द्रीय सचिव माधव बास्तोला , नेकपा एमाले दाङका उपाध्यक्ष हुकुम बस्नेत , युवा सघ नेपाल केन्द्रीय अनुसासन आयोगका अध्यक्ष एव नेकपा एमाले दाङका सचीव हीरा चन्द्र के सी , नेकपा एमाले दाङका उपसचीव सुरामणी वेल्वासे , युवा सघ नेपाल केन्द्रीय सचीवालय सदस्य रमेस आचार्य , युवा सघ नेपाल केन्द्रीय सदस्य नीरेस लाल सीङ लगाएतकाले युवा लाइ प्रसीक्षण दीनु भएको थीयो । \

युवा परीचालन तथा सुरक्षा दस्ता बीभागका सँयोजक मनोहर बुढाथोकी अध्यक्षतामाभएको कार्यक्रममा स्वागत मन्तव्य युवा सँघ दाङका उपाध्यक्ष कीसोर के सीले गर्नुभएको थियो भने सहजीकरण युवा सघ नेपाल दाङका अध्यक्ष मौसम आचार्यले गर्नु भएको थीयो ।

 

प्रकाशित मिति : २०७४ असार २ गते शुक्रवार
प्रतिक्रिया