मिना बुढाथोकी ,सल्यान २ असार ।
स्वच्छ व्यक्ति, स्वच्छ घर,स्वच्छ समाज अनि गांउ घर स्वच्छ भएमा मात्र पुर्ण सरसफाईले पुर्णता पाउने सल्यानमा आयोजित एक कार्यक्रमका सहभागी हरुले जोड दिएका छन् । कार्यक्रमा सहजीकरण गर्दै सुआहारा कार्यक्रम अन्तरगत सरसफाई कार्यक्रम संयोजक किरण प्रसाद ढुंगानाले सरसफाई तथा स्वच्छता सम्बन्धी प्रष्ट पार्दै दिशा पिसाब चर्पीमा मात्र गर्नु पर्नेमा जोड दिनु भयो ।
जिल्ला खुल्ला दिशामुक्त घोषणा भई सक्दापनि अझै विभन्न खुल्ला स्थानमा दिशापिसाब देखिने गरेको बताउदै उहाले मानिसको एक ग्राम दिसामा रोग सार्ने किटानु हरु भाईरस १ करोड, ब्याक्टेरिया १० लाख,परिजिवि जुकाहरु १ हजार र जुकाका अण्डा, १सयको मात्रामा पाईने बताउनु भयो । यस्तोे खालको किटाणुले मानव शरीरमा विभिन्न खालका ज्यानलेवा रोगहरु सार्ने बताउनु भयो ।
साथै उहाले पानीलाई शुद्धकिरण गरेर मात्र पिउनेबानी बसाल्ने बताउनु भयो । मानव शरिरमा पानीको मात्रा ७० प्रतिशत हुने भएकाले १ प्रतिशत घटेमा तिर्खा लाग्ने, ५ प्रतिशत पानी घटेमा ज्वरो आउने ,१० प्रतिशत पानी घटेमा चल्न नसकिने र १२ प्रतिशत पानीको कमीले मानिसको ज्यान समेत जान सक्ने भएकाले पानी पर्याप्त रुपमा पिउनु पर्ने सुझाव दिनु भयो ।
यस्तै कार्यक्रमलाई सहजीकरण गर्दै दलित विकास समाज सल्यानका कार्यकारी निर्देशक दुर्गा पुनले “धर्तीले बिउ पचायो र जान्नेले बुझ पचायो भने त्यो ठांउको विकास कहिलै पनि सम्भव नहुने ”उखान को चर्चा गर्दै बुझेका र जानेका व्यक्तिलेनै व्यवहार परिवर्तन गर्नु पर्नेमा जोड दिनु भएको थियो ।
पुर्ण सरसफाईका लागी बुझेका व्यक्तीले आप्mनो घरबाट शुरुवात थाल्नु पर्ने भन्दै उहाले सरसफाईमा सबैको भुमिका अनिवार्य रहनु पर्ने बताउनु भयो । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय सल्यानको आयोजनामा आज जिल्ला स्थित राजनैतिक दल, नागरिक समाज,मानवअधिकारकर्मी,तथा संचारकर्मीहरुका लागी संचालन गरेको खानेपानी सरसफाई तथा स्वच्छता सम्बन्धी अभिमुखीकरण कार्यक्रममा सहभागी हरुलाई जानकारी दिदै उहाले सो कुरामा जोड दिनु भएको थियो ।
यस्तै कार्यक्रममा खानेपानी तथा सरसफाई डिभिजन कार्यालय सल्यानले २०७३ को पुर्ण सरसफाई रणनितिको काम अन्तिम चरणमा पुगेको डिभिजनका निमित्त प्रमुख दिलु श्रेष्ठले जानकारी दिनु भयो । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय सल्यानका निमित्त प्रमुख दिलु श्रेष्ठको अध्यक्षता तथा स्थानीय विकास अधिकारी खिम बहादुर रायमाझीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।