सुरक्षा दिन नसक्ने सरकारको काम छैन् : गिरी

तुलसीपुर, १ असार
नेपाली कांग्रेसबाट तुलसीपुर उप महानगरपालिकाको मेयरका उम्मेदवार गेहेन्द्र गिरीले सुरक्षा दिन नसक्ने सरकारको काम नभएको बताएका छन् । नेपाल प्रेस युनियन दाङले तुलसीपुरमा आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै गिरीले तुलसीपुरका व्यापारीको हत्या देखि अपहरणका घटनाले देशमा सरकार नभएको भान जनतालाई भएको बताए । सुरक्षा नहुदा व्यापारी पलायन हुने अवस्था आएको भन्दै उनले जनताको सुरक्षा गर्न नसक्ने सरकारको काम नभएको बताए ।
त्यसैगरी कार्यक्रमा उपमेयरका उम्मेदवार देबिका नेपालीले सेके रावत र एमालेका अध्यक्ष केपी वलीलाई एउटै भएको संज्ञा दिएकी छन् । ‘सीके रावतले मेधेस अलग गराउछु भन्छ, केपिले पहाडिको इज्जत गयो भन्छ यनीहरु राष्ट्रवादी हैनन् –‘नेपालीले भनिन’ राष्ट्रवादी पार्टी भनेको नेपाली कांग्रेस मात्रै हो ।’
युनियका अध्यक्ष सुशिल बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा सुरेन्द्र खड्का, पत्रकार भरतराज शर्मा लगाएतले बोलेका थिए । कार्यक्रमको संचालन कोषाध्यक्ष सरद रेग्मीले गरेका थिए ।

 

प्रकाशित मिति : २०७४ असार १ गते बिहिवार
प्रतिक्रिया