तुलसीपुर , असार १
नेकपा एमालेका तर्फबाट तुलसीपुर उप महानगरपालिकाका मेयरका उम्मेदवार घनश्याम पाण्डेले विकास र समृद्धिको मुद्दालाई एमाले बाहेकका दलले वोक्न नसक्ने वताएका छन् । “स्थानिय विकासका लागि एमालेको विकल्प नै छैन” वडा नम्वर ७ को वडा भेलालाई वम्नैमा सम्वोधन गर्नेक्रममा पाण्डेले वताए । उपमेयर माया आचार्यले मतदाताहरुको मतको सही सदुपयोग गर्ने पाटी एमाले मात्रै भएको वताएकी थिइन् , अग्रज नेता गिरीराज केसीले जनताको विश्वास जित्न एमाले सफल भएको वताएका थिए । ।वडा संयोजक पिताम्वर आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा आर्थिक संयोजक प्रेमचन्द्र गैरेले स्वागत मन्तव्य व्यक्त व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन दिपक कुमालले गरेका थिए ।
प्रकाशित मिति : २०७४ असार १ गते बिहिवार