प्रदेश नम्बर २ को चुनाव तेस्रो चरणमा, बाँकी प्रदेशमा असार १४ मै हुने

काठमाडौं– सत्तारुढ दल र आन्दोलनरत दल राजपा नेपालबीच दुई नम्बर प्रदेशको चुनाव सार्ने समझदारी भएको छ । बाँकी १,५ र ७ नम्बर प्रदेशको चुनाव भने असार १४ मै सम्पन्न गराउने गरी दलहरुबीच छलफल भइरहेको छ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा जारी बैठकमा दुई नम्बर प्रदेशको चुनाव सार्ने विषयमा समझदारी भएको गृहमन्त्री जनार्दन शर्माले जानकारी दिए ।  बैठकबाट  बाहिरिने क्रममा पत्रकारहरु संग कुरा गर्दै  शर्माले  दुई नम्बर प्रदेशको चुनाव कहिले गराउने भन्ने विषमया चाहिँ छलफलबाट निचोड निकालिने बताए ।
यस्तै माओवादी प्रवक्ता पम्फा भुसालले  दुई नम्बर प्रदेशको चुनाव तेस्रो  चरणमा गर्ने निर्णय भएको जानकारी दिँदै   आयोग परामर्शको आधारमा नयाँ मिति तय गरिने बताइन् ।
यस्तै भोलि  मनोनयन दर्ताको दिन भएकाले सो समय केहि  िदन सार्नको लागि तथा तेस्रो चरणको मिति तय गर्नको लागि आयोगसँग आज तीन बजे पुन छलफल गरिने बताइन् ।
यद्यपी २ नम्बर प्रदेशको चुनाव सार्ने निर्णय भएपनि राजपाले भने अरु प्रदेशको चुनावमा भाग लिने या नलिने भन्नेमा स्पष्ट जवाफ दिएको छैन ।

प्रकाशित मिति : २०७४ असार १ गते बिहिवार
प्रतिक्रिया