एमालेबिनै सिंहदरवारमा सुरु भयो प्रमुख दलको बैठक

काठमाडौं– राष्ट्रिय जनता पार्टी (राजपा) लाई निर्वाचनमा सहभागी गराउन बोलाएको प्रमुख चार दलको जारी बैठकमा प्रमुख प्रतिपक्ष एमाले सहभागि भएको छैन । अहिले एमालेबाहेक कांग्रेस, माओवादी केन्द्र र राजपाका नेताहरुबीचको बैठक सिंहदरवारमा जारी छ ।
प्रधानमन्त्री कार्यलय सिंहदरवारमा जारी बैठकमा एमालेलाई पनि बोलाइएपनि उसले हिजै बिहीबारको बैठकमा सहभागि नबन्ने बताएको थियो ।
यद्यपी सरकारले असार १४ मा तोकिएको निर्वाचन पुनः सार्ने संकेत दिएकाले एमाले उक्त बैठकमा सहभागि नभएको बताइएको छ । एमाले नेता प्रदीप ज्ञवालीले एमालेका अडान कायमै रहेको र हिजै आजको बैठकमा सहभागि नहुने जनाउ दिएकाले आजको बैठकमा एमाले नगएको बताए ।
यसअघि बुधबार र मंगलबार भएको बैठकमा भने एमाले सहभागि बनेको थियो । आजै केपी ओली निवास बालकोटमा बसेको एमाले स्थायी कमिटि बैठकले सरकारले निर्वाचन सार्न लागेको भन्दै त्यसमा एमालेले असहमति जनाउने निर्णय गरेको थियो ।
यता, बिहीबार बिहान निर्वाचन आयोगका पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवाले असार १४ को निर्वाचन मिति सार्न प्रस्ताव गरेका थिए ।

 

रातोपाटीबाट

प्रकाशित मिति : २०७४ असार १ गते बिहिवार
प्रतिक्रिया