तुलसीपुर, ३०
नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञावलीले उम्मेदवारलाई जनताको मनजित्न आग्रह गरेका छन् । निर्वाचनलाई हल्कारुपमा लिननहुने भन्दै विपक्षि संगको ठूलो लडाई भएको बताए ।
नेकपा एमाले तुलसीपुर उपमहानगरापलिकाले पार्टी कार्यालयमा आयोजना गरेको उम्मेदवार घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभउको हो । पूर्व स्थानीय विकास मन्त्री समेत रहेका ज्ञावलीले वगोलाबारुदको लडाई नभएपनि भोटको लडाई भएकाले निर्वाचनमा विजय हासील गर्न जनताको मन जित्नुको विकल्प नभएको बताउनुभयो ।
आर्थिक चलखेल र जाँड रक्सीको प्रलोभनमा पारेर निर्वाचन आफनो पक्षमा पार्ने दिन गएको भन्दै उहाँले सहीविचार दृष्टिकोणलाई जनता सामु पुरयाउनु पर्ने बताउनुभायो । नेता भनेको जनताको भएकाले अधिकांस समय जनताको घरमा विताउनु पर्ने ज्ञावलीले सुझाव दिनुभयो ।
कार्यक्रमा विशिष्ट अथिती नेकपा एमालेका स्थायी कमिटीका सदस्य शंकर पोख्रेलले चुनवालाई उत्सवका रुपमा लिनुपर्ने बताउनुभयो । २० बर्षपछि हुनलागेको स्थानीय तहको निर्वाचनमा विजयी हासील गर्न कार्यकर्तालाई खटेर लाग्न निर्देशन दिनुभयो । पूर्वसूचना तथा संचारमन्त्री समेत रहेका पोखरेलले यो समय समिक्षा गर्ने बेला नभई एक्सनमा जानेबेला भएको बताउनुभयो । संगठन र कार्यकर्ता भनेको प्रतिस्पर्धाका लागि सर्वश्रेष्ठता हासी गर्ने भएकाले कार्यकर्तालाई अधिकतम रुपमा निर्वाचनमा उपयोग गर्नु पर्ने बताउनुभयो । उम्मेदवार भएका सवै योग्य र नपाएका अयोग्यनहुने भन्दै सवै मिलेर निर्वाचनमा लाग्न सुझाव दिनुभयो ।
त्यसैगरी कार्यक्रमा नेकपा एमाले तुलसीपुर उपमहानगरपालिका मेयरका उम्मेदवार घनश्याम पाण्डेले सुस्केरा हालेर थकान महसुश नगर्न आग्रह गर्नुभयो । विपक्षीका जस्तोसुकै व्यक्ति चुनावी मैदानमा आएपनि उनिसंग डटेर सामना गर्नसक्ने आँटका साथ अघि बढ्न १९ वटै वडाका उम्मेदवारलाई सुझाव दिनुभयो । ‘बसेको भएको उठ्नु परयो, उठेको भए दौड्नु परयो, र जितको मानसिकताका साथ चुनावी मैदानमा खट्नु परयो पाण्डेले भने ।’
पार्टीले ठूलो जिम्मेवारी दिएको भन्दै विगतका आफना आनीवानीमा परिवर्तन गर्न पनि सुझाव दिनुभयो । त्यसैगी उपमेयरका उम्मेदवार माया आचार्यले निर्णयाक तहमा महिलाको सहभागिता नहुदा सम्म अधिकार प्राप्त गर्न नसकिने भएकाले पार्टीले उम्मेदवार बनाएको बताउनुभयो ।
नेकपा एमाले निर्वाचन परिचालन कमिटीका सदस्य गिरीराज केसीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथिती ज्ञावलीले आधिकारीक रुपमा मेयर उपमेयर र १९ वडाका अध्यक्ष तथा सदस्यका उम्मेदवारको नाम घोषणा गर्नु भएको थियो ।