चुनावलाई उत्सवका रुपमा लिनुपर्छ ः नेता पोखरेल

तुलसीपुर, ३० जेठ

नेकपा एमाले तुलसीपुर उपमहानगरपालिकाले तुलसीपुर क्षेत्रका उम्मेदवारको घोषणा गरेको छ । पार्टी कार्यालयमा एक कार्यक्रमको आयोजना गरेर नगर प्रमुख, उपप्रमुख, सहित १९ वडाका अध्यक्ष र सदस्य पदका उम्मेदवारहरुको नाम घोषणा गरेको हो ।
घोषणासभालाई सम्बोधन गर्दै विशिष्ट अथिती नेकपा एमालेका स्थायी कमिटीका सदस्य शंकर पोख्रेलले चुनावलाई उत्सवका रुपमा लिएर अघि बढ्नु पर्ने बताउनु भएको छ । २० बर्षपछि हुनलागेको स्थानीय तहको निर्वाचनमा विजयी हासील गर्न कार्यकर्तालाई खटेर लाग्न निर्देशन दिनुभयो । यो समिक्षा गर्ने बेला नभई एक्सनमा जानेबेला भएको उहाँको जोड थियो । संगठन र कार्यकर्ता भनेको प्रतिस्पर्धाका लागि सर्वश्रेष्ठता हासील गर्ने भएकाले कार्यकर्तालाई अधिकतम रुपमा निर्वाचनमा उपयोग गर्नु पर्ने बताउनुभयो । उम्मेदवार भएका सवै योग्य र नपाएका अयोग्य नहुने भन्दै सवै मिलेर निर्वाचनमा लाग्न सुझाव दिनुभयो ।

प्रकाशित मिति : २०७४ जेष्ठ ३० गते मङ्गलवार
प्रतिक्रिया