डिआईजी कायस्थ भन्छन, व्यापारी श्रेष्ठको बारेमा छिट्टै सत्य तथ्य बाहिर आउछ

सुचना दिनेलाई एक लाख पुरस्कार , २ जना ब्यक्तिहरुको स्केच तयार गरि सार्वजनिक

बिमल गौतम,तुलसीपुर ३० जेठ ।

 

मध्यपश्चिम प्रहरि प्रमुख डिआईजि बिजय कायस्थले तुलसीपुरका ब्यवसायी राजकुमार श्रेष्ठका बारेमा चाडै सत्य तथ्य बाहिर आउने बताउनु भएको छ । रिपोटर्स क्लब नेपाल दाङले मंगलबार तुलसीपुरमा गरेको साक्षात्कारमा बोल्दै डिआईजि कायस्थले श्रेष्ठ घटनाका बारेमा सुक्ष्म अध्ययन भैरहेको भन्दै दुई चार दिनमै सत्य तत्थ्य बाहिर आउने बताउनु भएको हो ।

 

शुक्रबार देखि अपहरणमा पर्नु भएका तुलसीपुरका प्रतिष्ठीत ब्यवसायि श्रेष्ठको खोजिमा राज्यले आफना सवै संयत्र परिचालन गरेको समेत बताउनु भयो । घटना किन र के का लागी भएको हो भन्ने विषयमा प्रहरिले अनुसन्धान गरिरहेको भन्दै अहिले नै यसै भन्न सक्ने अवस्था नरहेको बताउनु भयो । डिआईजि कायश्थले घटनामा महिलाको प्रयोग भएको हुन सक्ने भन्दै तर महिला भए नभएको बारेमा कसैले नदेखेको हुदा अहिले नै भन्न नसकिने बताउनु भयो ।

रिपोर्टर्स क्लव नेपाल दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको साक्षात्कारमा बोल्दै डिआईजि कायस्थले घटना भए लगत्तै देखि दाङ र सल्यानको प्रहरि परिचालन गरेर खोजि कार्य तिव्र पारिएको समेत बताउनु भयो । खोजि कार्य अन्र्तगत सोमबार प्रहरिले भुण्टी कुकुरको समेत प्रयोग गरेको तर प्रभावकारि नभएको कायस्थले बताउनु भयो ।

डिआईजि कायश्थका अनुसार राप्ती अंचल प्रहरि प्रमुख ज्ञान बिक्रम शाहको संयोजकत्वमा दाङ जिल्ला प्रहरि प्रमुख , बाके जिल्ला प्रहरि प्रमुख र सल्यान जिल्ला प्रहरि प्रमुख सदस्य रहेको अनुसन्धान समिति समेत बनाएको छ । साक्षात्कारमा बोल्दै डिआईजि कायस्थले प्रहरिले घटनामा संलग्न भएको हुन सक्ने भन्दै २ जना ब्यक्तिहरुको स्केच तयार गरि सार्वजनिक गरेको छ ।

साथै प्रहरिले घटनाको बारेमा सुचना दिने ब्यक्तिलाई नगद एक लाख पुरस्कार दिने समेत बताएको छ । कार्यक्रमको सहजीकरण क्लवका कोषाध्यक्ष बालाराम खडकाले गर्नु भएको थियो ।

प्रकाशित मिति : २०७४ जेष्ठ ३० गते मङ्गलवार
प्रतिक्रिया