प्युठानमा दश लाख मुल्य बराबरको मकैको वीउ बितरण

राजेश जीसी, प्यूठान ३० जेठ ।
मध्यपहाडी बृहत र मकै उत्पादन कार्यक्रम अन्र्तगत जिल्ला कृषि विकास कार्यालय प्यूठानले ७५ प्रतिशत अनुदानमा उन्नत स्तरको मकैको बीउ बितरण गरेको छ । बिगत ३ वर्ष देखी जिल्लामा सञ्चालनमा रहेको यो आयोजना अन्र्तगत यो वर्ष १० लाख रुपैयाँ बराबर मुल्यको मकैको बिउ कृषकहरुलाई उपलब्ध गराइएको हो ।

जिल्लाको साबिकको १३ गाविसमा १७ दशमलव ५८ मेट्रिकटन मकैको उन्नत बिउ बितरण गरिएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार कृषकलाइ कृषि उत्पादनमा सहयोग गर्ने र उत्पादन बृद्धि गरी मकैबालीमा जिल्लालाई आत्मनिर्भर बनाउन बिउ बितरण गरिएको हो । बढि उत्पादन दिने मनकामना ३ र देउराली जातको मकैको बिउ वितरण गरिएको कृषि बिकास कार्यालय प्यूठानका योजना बिकास अधिकृत अमर बिष्टले जानकारी दिनुभयो ।

कार्यालयले बिउ र मेसिनमा अनुदान दिन थालेपछि किसानले मकै खेतीमा रुची देखाउन थालेको उहाँको भनाइ छ । यस बर्ष छनौटमा परेका गाबिसमा ४० हजार रुपैयाँको मकै छोडाउने १ थान बिद्युतीय मेसिन, ५५ हजार मुल्यको २० वटा हाते मेसिन र १ लाख १० हजार रुपैयाँको अनुदानमा १ सय १० थान त्रीपाल कृषकहरुले पाएका छन ।

प्रकाशित मिति : २०७४ जेष्ठ ३० गते मङ्गलवार
प्रतिक्रिया