नेपाल कम्युनिष्ट पार्टीद्धारा भोली ३० गते राप्ती बन्द

तुलसीपुर,२९ जेठ ।
बिप्लव नेतृत्वको नेकपाले भोली ३० गते मँगलवार साविक राप्ती बन्द आव्हान गरेको छ । आफ्ना कार्यक्रताहरु पक्राउ गरेको विरोधमा बन्दको आव्हान गरेको जनाईएको छ । रोल्पा,रुकुम र दाङका विभिन्न ठाउबाट आफ्ना कार्यक्रता लाई विनाकारण पक्राउ गरी रीहा गर्नुको साटो झुठा मुद्धा लगाई हिरासतमा राख्ने कामको घोर भ्रत्सना गर्दछौ , केन्द्रीय सदस्य शितलद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।

साविक राप्तीका दाङ,रोल्पा,रुकुम,सल्यान र प्युठानमा कलकारखाना,सिक्षण सस्था,उद्योग,यातायात बन्दको घोषणा गरेको विज्ञप्ती मार्फत जनाईएको छ ।

प्रकाशित मिति : २०७४ जेष्ठ २९ गते सोमवार
प्रतिक्रिया