कुनैपनि हालतमा एमालेले जित्नु पर्छ : पूर्व स्थानीय विकास मन्त्री ज्ञावली

तुलसीपुर, २९ जेठ
नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञावलीले कुनैपनि हालतमा स्थानीय तहमा जित्नु पर्ने बताएका छन् । नेकपा एमाले तुलसीपुर उपमहानगरपालिकाको प्रतिवद्धता पत्र  तुलसीपुरमा सार्वजनिक गर्दै उपाध्यक्ष ज्ञावलीले स्थानीय तह, प्रदेश र संघमा बहुमत नहुदा सम्म शेरबहादुरहरुको बोलवाला चल्ने बताए । ‘धरै शेरबहादुरहरुले आफुलाई बनाए तर देशलाई बनाउन सकेनन, देशको रक्षा गर्ने भनेको एमाले मात्रै हो, उपाध्यक्ष ज्ञावलीले भने ।’
संकृण र संकुचित मानसिकताले देश पछाडि परेको बताउदै अब राजनीतिक अनुकलता र भीजन भएको मान्छेको आवश्यकता रहेको उनले बताए । भारत र चीनलाई उछिन्न सक्ने सम्भावना नेपालमा रहेको भन्दै प्रकृतिले खरबौं खरब सम्पति दिएकाले प्रसस्त सम्भावना रहेको बताए । अब त्यसको लागि एमालेको खाँचो रहेको औंल्याए ।
एमालेले सक्षम र योग्य उम्मेदवार उठाएको भन्दै पूर्व स्थानीय विकास मन्त्री समेत रहेका ज्ञावलीले पार्टीले हारेमा देशले हार्ने बताए । मधेसका दुईचार जना जमिनदारहरु देशलाई विखण्डन गर्न खोजीरहेको भन्दै भोट मार्फत मधेसलाई अलग्याउन खोजेको उनले बताए ।

प्रकाशित मिति : २०७४ जेष्ठ २९ गते सोमवार
प्रतिक्रिया