तुलसीपुर,२९ जेठ ।
आज जुन १२ तारिख अर्थात बालश्रम विरुद्धको विश्व दिवस नेपालमा पनि बिभिन्न जनचेतनामुलक कार्यक्रम गरी मनाईदैछ । यस वर्षको बालश्रम विरुद्धको नारा द्धन्द्ध र विपदमा बालबालीकालाई बालश्रमबाट संरक्षण गरौं भन्ने तय गरिएको छ । बालश्रम विरुद्ध सामाजिक सचेतना र सरोकार बढाउने उद्देश्यले हरेक वर्ष जुन १२ तारिखमा यो दिवस मनाउने गरिन्छ ।
नेपालमा डेढ लाख भन्दा बढी बालबालिका घरेलु श्रमिकका रुपमा कार्यरत रहेको विभिन्न तथ्याङ्कले देखाएका छन् । सन् २०२५ सम्ममा सबै प्रकारका बालश्रमको अन्त्य गर्ने सरकारको साझा लक्ष्य छ ।
यो लक्ष्य पुरा गर्न सबैको दायित्व महत्वपुर्ण हुने देखिएको छ । जीवन निर्वाहका लागि जस्तोसुकै श्रममा संलग्न हुनुपर्ने बाध्यताले बालबालिकाहरु शारीरिक, मानसिक, सामाजिक, नैतिक तथा बौद्धिक समस्यामा पर्दै आएका छन् ।
प्रकाशित मिति : २०७४ जेष्ठ २९ गते सोमवार