तुलसीपुर, २८ जेठ ।
नेकपा एमालेका अध्यक्ष केपिशर्मा वलीले निर्वाचनलाई कुनै पनि शक्तिले रोक्न नसक्ने बताउनु भएको छ । नेकपा एमाले दाङदेउखुरी जिल्ला कमिटी दाङले तुलसीपुरमा आयोजना गरेको विशाल चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष वलीले असार १४ गते हुने निर्वाचनलाई विभिन्न वाहानामा सार्न खोजेपनि अब त्यो सम्भव नभएको बताउनु भयो । ‘निर्वाचन हुन्छ तपाईहरु ढुक्क हुनुहोस, अध्यक्ष शर्माले भन्नुभयो कुनै आसंका गर्नु प्रदैन् ।’
पूर्व प्रधानमन्त्री समेत रहनु भएका वलीले स्थानीय प्रशासनलाई निपश्क्ष र स्वतन्त्र निर्वाचन बनाउन आग्रह गर्नुभयो । वुथ कब्जा गर्दा, मतपत्र च्यात्दा चुप लागेर बस्ने हैन वलीले भन्नुभयो । एमाले पार्टीले धाँदली गरेर तथा गरिबीालई जाँडरक्सी ख्वाएर नभई जनताले पवित्र मनले दिएको भोटले विजयी हुन चाहेको बताउनु भयो । एमालेको उद्देश्य भनेको राष्ट्र बचाउने भएकाले राष्ट विरोधी गतिविधी गर्नेलाई पत्ता साप गर्ने बताए ।
मधेसका स्थानीय रुपमा बोलीने मैथली, भोजपुरी, अबधी, थारु, धिमाल, भाषा नबोलेर जानीनजानि हिन्दी बोल्न खोज्नेहरु नै राष्टलाई बिखण्डन गर्न खोजेको बताउनु भयो ।
एमाले मधेश विरोधी नभए पनि मधेश विरोधी भनेर भ्रम छरेको उहाँले बताउनुभयो । आफनो पालामा इतिहासमा सवैभन्दा बढी बजेट विनियोजन गरेको बताउनुभयो ।
चुनावी सभामा एमालेका उपाध्यक्ष युवराज ज्ञावली, नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोख्रेल, एमाले पोलीटव्युरो सदस्य प्रकाश ज्वाला, , एमाले नेतृद्धोय सुजिता साक्य, शान्ता चौंधरी, सांसद भागवत विश्वासी, एमाले दाङका उपाध्यक्ष हुकुम बस्नेत, तुलसीपुर उपमहानगरापलिकाका मेयरका उम्मेदवार घनश्याम पाण्डेलगाएतले सम्बोधन गर्नु भएको थियो ।
नेकपा एमाले जिल्ला कमिटी दाङका अध्यक्ष टिकराम खड्काको अध्यक्षतमा भएको कार्यक्रमाको सहजीकरण सचिव हिराचन्द्र केसीले गर्नु भएको थियो ।
कार्यक्रमको उद्घाटन अघि दाङका विभिन्न ठाउँबाट आएका हजार्रौ नेता तथा कार्यकर्ताको ¥यालीले बजार परिक्रमा गरेको थियो ।
कार्यक्रमा विभिन्न पार्टी परित्याग गरेर एमालेमा प्रवेश गरेका थिए ।