वृद्ध वाआमाको जिम्मा एमालेले लिन्छ : एमाले नेता पोख्रेल

तुलसीपुर, २८

नेकपा एमालेका नेता शंकर पोख्रेलले वृद्ध वाआमाको जिम्मा एमालेले लिने बताएका छन् । नेकपा एमाले दाङदेउखुरी जिल्ला कमिटीले तुलसीपुरमा आयोजना गरेको विशाल जनसभालाई सम्बोधन गर्दै पोख्रेलले अहिले पाईरहेको २ हजार वृद्ध भत्तालाई बढाएर पाँच हजार पुरयाउने बताउनु भयो । जेष्ठ नागरिकहरुले प्राप्त गरेको २ हजार रुपैयाँ अप्रयाप्त भएको भन्दै पाँच हजार बढाउने निर्णय एमालेले गरेको पोख्रेलले बताउनु भयो । यदि एमालेले विजयी भयो भने प्रसव पिडामा छटपटीएका सुत्केरी महिलाहरुलाई राहात स्वरुप पाँच हजार रुपैया दिने बताउनु भयो ।

यो नारा चुनावी नारा नभएको भन्दै पोख्रेले एमालेका उम्मेदवारलाई विजयी गराउन जनतालाई आग्रह गर्नुभयो । जिल्ला कमिटी दाङका अध्यक्ष टिकराम खड्काको अध्यक्षतमा भएको कार्यक्रमा प्रकाश ज्वाला, एमाले नेतृद्धोय सुजिता साक्य, शान्ता चौंधरी, सांसद भागवत विश्वासी, एमाले दाङका उपाध्यक्ष हुकुम बस्नेत, तुलसीपुर उपमहानगरापलिकाका मेयरका उम्मेदवार घनश्याम पाण्डेलगाएतले सम्बोधन गर्नु भएको छ ।

प्रकाशित मिति : २०७४ जेष्ठ २८ गते आइतवार
प्रतिक्रिया