मुढा बनाउने तालिम सम्पन्न

बुद्धि पुन, सल्यान २७ जेठ ।
पछिल्लो समय सल्यानमा बिभिन्न सिप बिकास तालिम लिएर ब्यबसायिक उद्यम सञ्चालन गर्ने महिलाहरुको संख्यामा बृद्धि हुदैँ गएको छ । परिबर्तित समय र स्थानियको माग अनुसार उनीहरु आफैँ सिप सिकेर आत्मनिर्भर बन्न शुरु गरेका छन् । यसैक्रममा दार्मा गाउपालिका १ मैदानमा बाँसको मुढा बनाउने सिप मुलक तालिम सम्पन्न भएको छ । घरेलु तथा साना उद्योग बिकास समिती सल्यानको आर्थिक सहयोग र दिगो बिकासका लागी जनसहभागिता पास नेपाल सल्यानले सो तालिमको आयोजना गरेको थियो ।

तालिममा २७ जना महिलाहरुको सहभागिता रहेको थियो । उनीहरुलाई सिप मुलक १५ दिने तालिम प्रदान गरिएको थियो । तालिम पश्चात उनीहरुले अब ब्यबसाय नै सञ्चालन गरेर अगाडी बढ्ने बताएका छन् । यसैबिच सोही स्थानमा कटाईसिलाई र बुटीक तालिम पनि सञ्चालन भैरहेको छ ।

दार्मा गाउपालिका १ मैदानमा सञ्चालित तालिममा कटाईसिलाई तर्फ १५ जना र बुटीक तर्फ १५ जना महिलाको सहभागिता रहेको छ । कटाईसिलाई तालिम २ महिना सम्म सञ्चालन हुने छ भने बुटीक तालिम १ महिना सम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २०७४ जेष्ठ २७ गते शनिवार
प्रतिक्रिया