ओपेन्द्र बस्नेत
तुलसीपुर,२७ जेठ ।
हिजो देखि वेपत्ता भएका व्यापारी राजकुमार श्रेष्ठको अवस्था अज्ञात छ । दाङ र सल्यानको प्रहरीले दिभर खोजतलास गरेपनि पत्ता नलागेको सल्यानका प्रहरी प्रमुख श्यामबहादुर खत्रीले बताए । श्रेष्ठ चढेको आफनै गाडि बा १२ च १०७१ नम्बरको गाडी कपुरकोट गाउँपालिका को ५ र ६ स्थित सल्यानको सिनबाङ र रिमको विचमा फेला परेको छ । गाडीको दुईवटा टायरको हावा फुस्काएको बताइएको छ । श्रेष्ठको गाडि नजिकै भारतिय नम्बरको गाडि पनि फेला परेको छ ।
एचपी ११८६४८ नम्बको गाडि र दुइ जना भारतीय नागरिक फेला परेको प्रहरी नायब उपरिक्षक खत्रीले जानकारी दिए । उनका अनुसार रुकुम जान लागेको भारतीय नम्बरको गाडिलाई नियन्त्रणमा लिएर संगै लगेको प्रहरीले बताएको छ । श्रेष्ठ सवार गाडिमा ७ जना रहेको र उनिहरुले भारतीय गाडि तोडफोड गर्नुका साथै नागरिकलाई पनि कुटपिट गरेर १२ हजार रुपैयाँ लुटेर लगेको प्रहरी नायब उपरिक्षक खत्रीले बताउनु भयो ।
स्काभेटरको पैसा लिन रुकुम जानेक्रममा तुलसीपुर सल्यान सडकको सोलाबाङबाट भारतीय नागरिक चढेको गाडिलाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ । दुई भारतीय नागरिक कपुरकोट प्रहरीको नियन्त्रणमा छन् । व्यापारी श्रेष्ठको खोजी कार्यकालागि जिल्ला प्रहरी कार्यालय दाङबा प्रहरी उपरिक्षक धिरजप्रताप सिंह र सल्यान जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक श्यामबहादुर खत्रीको कमाण्डमा दर्जनौ प्रहरी परिचालन गरिएको छ ।