समाजिक सुरक्षा भत्ता घरदैलोमा पुरयाउनु पर्छ

तुलसीपुर, २६ जेठ । नेकपा एमालेका चुनावी सभाहरु शुक्रबार तुलसीपुरका विभिन ठाउँमा सम्पन्न भएका छन् । जसअन्र्गत नेकपा एमाले तुलसीपुर उपमहानगरपालिका १५ को आयोजनामा कोठरीडाँडामा विशाल जनसभा सम्पन्न भएको छ ।  कार्यक्रमलाई सम्बोधन गर्दै एमालेका नेताहरुले समाजीक सुरक्षा भत्तालाई घरदैलोमा पुरयाउनु पर्नेमा जोड दिएका छन् । ग्रामिण दुरदराजबाट शहरमा सामाजिक सुरक्षा भत्ता लिन जाँदा वृद्धवृद्धा र अपाङ्गहरुलाई निकै कठिनाई हुने भएकाले उनिहरुको घरदैलोमा पुरयाउनु पर्ने बताए । अहिले दिदै आएको समाजिक सुरक्षा भत्ता अप्रयाप्त भएको भन्दै यसलाई बढाएर पाँच हजार पुरयाउनु पर्ने बताए बिरामी र सुत्केरी महिलाको सुरक्षाको लागि प्रत्येक वडामा एम्बुलेनसको व्यवस्था गर्नु पर्ने पनि बताए । तुलसीपुर बजार देखि टाढाको दुरीमा रहेका गाउँमा बिरामी तथा सुत्केरी लिन जाँदा एम्बुलेन्सलाई समय लाग्ने भएकाले अकालमा ज्यान जान सक्ने भन्दै वडामा एम्बुलेन्सको व्यवस्था गर्नु पर्ने बताए ।
कार्यक्रमा नेकपा एमाले जिल्ला कमिटी दाङका अध्यक्ष टिकाराम खड्का, उपाध्यक्ष हुकुम बस्नेत, नेता द्धोय शोभाराम बस्नेत, छविलाल वली, एमाले नेतृ रेखा शर्मा, नेकपा एमाले तुलसीपुर उपमहानगरपालिका मेयरका उम्मेदवार घनश्याम पाण्डे, उपमेयरका उम्मेदवार माया आचार्य, मनिराम चौधरी, डिल्लीबहादुर बुढाथोकी लगाएतले बोल्नु भएको थियो । नेकपा एमाले तुलसीपुर उपमहानगरपालिका १५ का संयोजक मनोहर बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव जानका रेग्मीले गर्नु भएको थियो ।
यसैविच तुलसीपुर उपमहानगरपालिका १ को कुमालगाउँ र १२ को जसपुरमा पनि कार्यक्रम सम्पन्न भएको छ । कुमालगाउँमा भएको घरदैलो कार्यक्रमा २९ जना र कोठरीमा २८ जना नेपालीकांग्रेस परित्याग गरि एमालेमा प्रवेश गरेको एमालेले जनाएको छ । यसैविच विभिन्न ठाउँमा एक सय बढी जेष्टनागरिकहरुलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २०७४ जेष्ठ २६ गते शुक्रवार
प्रतिक्रिया