एमालेको चुनावीसभा गौरीगाउँमा सम्पन्न

तुलसीपुर, २५ जेठ ।
नेकपा एमाले तुलसीपुर उपमहानगरपालिका १० को आयोजनामा गौरीगाउँमा वृहत चुनावीसभा सम्पन्न भएको छ । सो अवसरमा एमालेका नेताहरुले देशलाई सम्वृद्धि र प्रगतिको बाटोमा अघि बढाउने नेतालाई भोट हाल्न आग्रह गरेका छन् ।
देशलाई गरिब बनाउने जनता नभई गलत प्रवृतिका नेता भएको भन्दै अब सक्क्षम र योग्य नेतालाई असार १४ गते हुने निर्वाचनमा चुन्न उनिहरुले आग्रह गरे । गरिब जनतालाई धनी बनाउने सपना एमालेमा भएकाले एमालेका उम्मेदवारलाई विजयी गराउन आग्रह गरे । नेकपा एमाले विजयको संघारमा उभिएको भन्दै कुनै पनि तागतले रोक्न नसक्ने बताए ।
सभालाई एमालेका नेता शोभाराम बस्नेत, एमाले जिल्ला ककिमटी दाङका उपाध्यक्ष हुकुम बस्नेत, एमाले नेतृ रेखा शर्मा, १० नम्बर वडा अध्यक्षका उम्मेदवार कमल केसी, महिला सदस्यका उम्मेदवार पुष्पा लामीछाने, साविकका उरहरी गाविसका पूर्व उपाध्यक्ष उपेनद्र गौतम, नरबहादुर वली लगाएतले चुनावीसभालाई सम्बोधन गरेका थिए ।
वडा कमिटीका अध्यक्ष आत्मराम धितालको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव सन्तोष वलीलीले गर्नु भएको थियो । सो अवसरमा दोभानकला पुञ्जले विभिन्न नृत्य प्रस्तुत गरेर दर्शकहरुलाई मनोरञ्जन प्रदान गरेका थिए ।

प्रकाशित मिति : २०७४ जेष्ठ २५ गते बिहिवार
प्रतिक्रिया