घोराहीमा राप्रपाको चुनावी प्रचार तिव्र

भानुभक्त बस्नेत,घोराही २५ जेठ ।
घोराही उपमहानगरपालिकाका राप्रपाबाट मेयर पदका उमेद्वार डा. भोलानाथ योगी विभिन्न वडाहरुमा हुने सभाहरुमा सहभागी हुनुभएको छ । चुनावी कार्यक्रम अन्तरगत आज वडा नम्बर १२ मा भएका सभाहरुमा उहाँ सहभागी हुनुभएको छ ।

हिराबहादुर बहकरीको अध्यक्षता एवं राप्रपाका केन्द्रीय सदस्य मीना विश्वकर्माको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै योगीले धर्म संस्कृति संरक्षण र उमहानगरपालिकाको समग्र विकासकालागी आफू मेयर पदका लागी उमेद्वार भएको भन्दै आफूलाई मतदान गर्न अनुरोध गर्नुभएको थियो ।

हरेक गाँउदेखी समग्रमा उपमहानगरपालिकाको विकास र समृद्धिकालागी आफू चुनावी मैदानमा उत्रिएको उहाँको भनाई थियो । कार्यक्रममा राप्रपाका क्षेत्र नम्बर ३ का अध्यक्ष नरबहादुर बुढाथोकी, उपमेयर पदका प्यावली केसी, रेशमबहादुर बुढाथोकीले भनाई रख्नुभएको थियो ।

 

प्रकाशित मिति : २०७४ जेष्ठ २५ गते बिहिवार
प्रतिक्रिया