बुद्धिमान पुन,सल्यान २५ जेठ ।
सल्यानको एक स्वास्थ्य चौकीमा सुत्केरी हुन आउने गर्भबती महिलाहरुको सख्ंया अत्याधिक मात्रामा बृद्धि भएको छ । जिल्लाको त्रिबेणीमा रहेको त्रिबेणी स्वास्थ्य चौकीमा सुत्केरी हुन आउने गर्भबती महिलाहरुको सख्ंया अत्याधिक रहेको पाईएको हो । हरेक बर्ष यस स्वास्थ्य चौकीमा पहिलो गर्भबती जाँच गर्ने देखी स्वास्थ्य चौकीमा नै सुत्केरी हुनेहरुको संख्या धेरै रहेको स्वास्थ्य चौकी स्रोतले जनाएको छ ।
गत आर्थिक बर्षमा यस स्वास्थ्य चौकीमा झण्डै ९७ प्रतिशत महिला सुत्केरी हुन आएको स्वास्थ्य चौकी त्रिबेणीका ईन्चार्ज प्रभात कुमार श्रेष्ठले बताउनु भयो । “गत बर्ष यस स्वास्थ्य चौकीमा गर्भबती जाँच १ सय २७ जनाले गराएका थिए,” उहाँले भन्नु भयो । ईन्चार्ज श्रेष्ठले चार पटक गर्भबती जाँच गरेर सुत्केरी हुन स्वास्थ्य चौकीमा नै १ सय २३ जना आएको बताउनु भयो ।
भौगालिक बिकटताका कारण बाँकी ४ जना यस स्वास्थ्य चौकीमा सुत्केरी हुन नआएको उहाँले बताउनु भयो । “चार पटक गर्भबती जाँच गरेर सुत्केरी हुन स्वास्थ्य चौकीमा नै १ सय २३ जना आए, बाँकी ४ जना यहाँ आएनन्,” उहाँले भन्नु भयो “स्वास्थ्य चौकी टाढा भएका कारण कोही बिच बाटोमा नै सुत्केरी भएछन्, कोही छिमेकी गाबिसका स्वास्थ्य चौकीमा सुत्केरी हुन गएछन्, तर जहाँ भए पनि स्वास्थ्यकर्मी कै निगरानीमा उनीहरु सुत्केरी भए ।” ईन्चार्ज श्रेष्ठले यस बर्ष यो दर अझै बढेर जाने बताउनु भयो ।
उहाँले यस आर्थिक बर्षको अन्त्यमा यस बर्षको सबै बिबरण संकलन गरिने बतााउनु भयो ।