दाङ, २४जेठ ।
नेकपा एमाले दाङले आउँदो स्थानीय तहको निर्वाचनका लागि तयार पारेको घोषणा पत्र सार्वजनिक गर्ने भएको छ । एमालेका सचिव हिराचन्द्र केसीले आज घोषणा पत्र सार्वजनिक गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो ।
पत्रकार महासंघ दाङको सभाहलमा बिहान ८ वजे हुने घोषणा पत्र सार्वजनिक गर्ने कार्यक्रममा उपस्थितिका लागि सम्पूर्ण पत्रकार, पार्टीका नेता, कार्यकर्ता एवं शुभेच्छुक सबैमा सचिव केसीले आग्रह गर्नुभएको छ
प्रकाशित मिति : २०७४ जेष्ठ २४ गते बुधवार