चलचित्र गाँउपालीकाको सुटिङ दाङमा हुदै

 

तुलसिपुर ,२३ जेठ ।

स्थानिय निकायहरु स्थानिय तहमा रुपान्तरीत भए सँगै दाङलाई आधार बनाएर चलचीत्र गाँउपालीका बन्ने भएको छ । राज्य पुन संरचना भए सँगै जनतामा अन्यौल छाएको अबस्थामा जनतालाई नया बनेका स्थानिय तहहरुबाट हुने काम कुराको बारेमा जानकारी दिने उद्धेश्यले
चलचीत्रको निर्माण हुन लागेको निर्माण पक्षले जानकारी दिएको छ ।

रिर्पोटर्स कल्ब दाङमा मंगलबार अयोजना गरीएको पत्रकार सम्मेलनमा बोल्दै कलाकार तथा निर्माता निर्देशक सरोज वलीले यस्तो जानकारी दिएका हुन । उनले पत्रकार सम्मेलनमा बोल्दै चलचित्र ७० मिनेटको रहने लगानीको हिसाबले २५ लाख सम्म लाग्ने उनले जानकारी दिए ।चलचित्रमा कलाकारहरु रवि गिरी नायिका केकी अधिकारी कलाकारहरु गौरब पहाडि ,लगाएतका कलाकारहरुको अभिनय हुने जानकारी दिईएको थियो ।

चलचित्र गाँउपालीकाको शुभमुर्हत बुधबार बिहान ८ बजे घोराहीको लक्ष्मीपुरमा हुने निर्माण युनिटले जानकारी दिएको छ । रिपोर्टस कल्ब दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा सम्पन्न भएको पत्रकार सम्मेलनमा कलाकार रवी गिरी, सरोज वली र चलचित्र पत्रकार सँघ दाङका अध्यक्ष धुब्रराज न्यौपाने लगाएतकाले बोलेका थिए भने कार्यक्रमको सहजीकरण चलचित्र
पत्रकार सँघ दाङका सचिब सन्तोष केसीले गरेका थिए ।

प्रकाशित मिति : २०७४ जेष्ठ २३ गते मङ्गलवार
प्रतिक्रिया