पानी परेपछि केहि शितलताको महशुस

तुलसीपुर,२३ जेठ ।
दुई दिन अघि गर्मी बढेको दाङमा पानी परेपछि केहि शितलता महशुस भएको छ । तापक्रम निकै बढेपछि यहाँको जनजिवन प्रभावित भएको थियो । पशु चौपाया समेत मर्कामा परेका थिए । गर्मिले उकुस मुकुस भएकाहरु लाई केहि राहत मिलेको छ । पछि सबै भन्दा बढि ज्याला मजदुरी गरी जीवीको पार्जन गर्नेहरु यस बाट झन प्रभावित भएका थिए ।

उनिहरुलाई साँझ विहानको छाकको जोहो गर्न लाई पनि चर्को घाममा काम गर्नु पर्दा गाह्रो भएको थियो । हिजो परेको पानी आज पनि परेको छ । यसले गर्दा किसानहरुले लगाएको मकै उमार्न सहयोग गर्ने छ । दाङयो वर्ष दाङको तापक्रम ३८.२ डिग्री सेलसियस सम्म पुगेको जानकारी आएको छ ।

जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय घोराही दाङका अनुसार यसअघि दाङमा पानी पर्नु भन्दा अघिल्लो दिनको तापक्रम ३८.२ डिर्गी सेलसियस पुगेको थियो ।। यसैविच यस वर्षको मनसुन चाडै हुने पुर्वानुमान गरीएको छ । मौसमि प्रणालीमा भएको फेरवदलले मनसुन चाडो बताइएकने छ ।।

प्रकाशित मिति : २०७४ जेष्ठ २३ गते मङ्गलवार
प्रतिक्रिया