गुण्डा प्रचारमा लागेपछि तुलसीपुर शान्त छ : प्रहरी

 

तुलसीपुर, २२ जेठ ।
तुलसीपुरका टोले गुण्डा राजनीतिक दलको प्रचारप्रसारमा लागेपछि अपराधिक कृयाकलापमा कमि आएको तुलसीपुर प्रहरीले बताएको छ । पहिलो निर्वाचनको समय देखि शान्ति भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरिक्षक लोकनाथ तिम्सिनाले जानकारी दिए । ‘पहिलो निर्वाचनमा छिमेकि जिल्ला सल्यान र रुकुम गएका कतिपय उतै भोज खाँदैछन् भने कतिपय दाङमा आएर प्रचारमा लागेका छन्–प्रनाउ तिम्सिनाले भने झगडा गर्न फुर्सदै छैन् ।’ प्रहरीका अनुसार तुलसीपुरमा रहेका २५ जना टोले गुण्डा प्रहरीको निगरानीमा छन् । सार्वजनिक स्थलमा झगडा गर्ने वित्तिकै प्रहरीले तत्काल पक्राउ गरि मुद्दा चलाउने तयारीमा बसेको छ ।

प्रकाशित मिति : २०७४ जेष्ठ २२ गते सोमवार
प्रतिक्रिया