तुलसीपुर,२२ जेठ ।
नेकपा एमाले तुलसीपुर उपमहानगरपालीका वडा नम्बर ९ मा घरदैलो सुरु भएको छ । वडा अध्यक्ष पदका उम्मेदवार भिमकान्त बस्याल (सँगित) , मेयर पदका उम्मेदवार घनश्याम पाण्डे सहितको नेतृत्वमा घरदैलो सुरुवात गरीएको हो । झण्डै दुई सय बढि कार्यक्रताको सहभागितामा सुरु भएको घरदैलो एक दर्जन टोलमा पुगेको थियो । रामनगर,पशुपतिनगर,अमृत नगरसहित नयाँबस्तीमा घरदैलो गरी भोट दिन आग्रह गरेको वडा कमिटिले जनाएको छ ।
घरदैलो आज पनि जारी रहने छ । एमालेले उक्त वडाको सदस्य पदमा बामदेव न्यौपाने,हस्त बहादुर जिएम, महिला सदस्यमा शुभद्रा योगि र दलित महिला सदस्यमा सावित्रा सुनार लाई उम्मेद्वार बनाएको छ । सो अवसरमा बोल्ने बक्ताहरुले एमालेका उम्मेदवार लाई जिताउन आग्रह गरेका थिए ।
प्रकाशित मिति : २०७४ जेष्ठ २२ गते सोमवार