“विपन्न समुदायको आर्थिक स्तर एमालेले उकास्छ”

तुलसीपुर,२० जेठ ।
नेकपा एमाले तुलसीपुर उपमहानगरपालीका वडा नम्बर ७ को बृहत भेला सम्पन्न भएको छ । स्थानिय निर्वाचनको प्रचार प्रसार अभियान अन्र्तगत तमाखे मिलनचोकमा भेला गरीएको वडा कमिटिले जानकारी दिएको छ । वडा सँयोजक पिताम्बर आचार्यको अध्यक्षता तथा एमाले नेता शोभाराम बस्नेतको प्रमुख आतिथ्यमा भेला सम्पन्न भएको हो । भेलामा बोल्दै प्रमुख अतिथि बस्नेतले एमालेका निति र विचारहरु गाँउ गाँउमा लगेर जनताको मन जित्नुपर्नेमा जोड दिनुभएको थिए । स्थानीय निर्वाचन नजिएकाले विपक्षीहरुले नकारात्मक भ्रम फैलाउन सक्ने भएकाले नेता कार्यक्रताहरु यस तर्फ समयमै सजग हुन आग्रह गर्नुभएको थियो ।

भेलामा विशिष्ठ अतिथिको आसन बाट बोल्दै एमाले तुलसीपुर उपमहानगरपालीकाका मेयर पदका उम्मेद्वार घनश्याम पाण्डेले एमालेले मात्र देशमा आर्थिक समृद्धि ल्याउन सक्ने बताउनुभयो । उहाले गरीविको रेखा मुनि रहेको समुदायको आर्थिक स्थिति माथि उकास्न खालका कार्यक्रम नेकपा एमालेले मात्र ल्याउने बताउनुभयो ।

यस्तै उपमेयर पदकि उम्मेद्ध्वार माया आचार्यले महिला हिँसा लाई न्युनिकरण सँगै हरेक महिला लाई रोजगारमुखि बनाउनुपर्ने बताउनुभएको छ । सो अवसरमा रेखा शर्मा,वडा अध्यक्ष पदका उम्मेद्वार शुसिला आचार्य, लगायतले बोल्नुभएको थियो ।

भेलामा काँग्रेस ,माओवादी,जनमोर्चा लगायत विभिन्न पार्टि परीत्याग गरी ३० जना एमालेमा प्रबेश गरेका थिए । हिमाल भण्डारी,टोप बहादुर विक सहित उनिहरु एमालेमा प्रबेश गरेका हुन । भेलाको सहजिकरण वडा नम्बर ७ का सञ्चार सँयोजक दिपक कुमालले गर्नुभएको थियो ।।

प्रकाशित मिति : २०७४ जेष्ठ २० गते शनिवार
प्रतिक्रिया