लागुऔषध सहित ३ जना पक्राउ

दाङ, २१ भदौ ।अवैध लागु औषध सहित रुकुम पश्चिममा तिन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा जाजरकोट नलगार्ड नगरपालिका ९ बस्ने ३७ बर्षिय प्रेम बहादुर सिंह, सोहि ठाउँमा ४० बर्षिय मान बहादुर सिंह र ३२ बर्षिय तप बहादुर सिंह रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ ।

उनीहरुलाई आठबिसकोट नगरपालिका एरियामा लागूऔषध कारोवार भैरहेको गोप्य सुचनाको आधारमा वडा नं ५ जलिगार्डमा शनिवार बेलुकी सात बजेतिर पक्राउ गरिएको हो ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत र जिल्ला प्रहरी कार्यालयबाट खटिएको संयुक्त टोलीले फत्रउा गरेको प्रहरीले बताएको छ । प्रहरीले उनीहरुको साथबाट १६ केजी लागुऔषध (अफिम) बरामद गरेको जनाएको छ । पक्राउ परेकाहरुमाथी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी प्रमुख ठग बहादुर केसीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७७ भाद्र २१ गते आइतवार
प्रतिक्रिया