
सल्यान,१६ भदौ । जिल्ला प्रहरी कार्यालय सल्यानले दुलाह दुलही र पण्डित सहित ५ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा २५ बर्षका दिपेन्द्र शर्मा, १८ बर्षकी दुलही लक्ष्मी जैसी, विवाह गराउने पुरोहित र दुलाहका बुवा–आमा रहेको जिल्ला प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिए ।
जिल्लाको गैरागाउंमा बाल विवाह भईरहेको छ भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्याल थारमारेबाट गएको प्रहरीले विवाह मण्डपबाट उनिहरुलाई पक्राउ गरेको हो ।
प्रकाशित मिति : २०७७ भाद्र १६ गते मङ्गलवार