लुटपाट गर्ने २४ बर्षपछि पक्राउ

तुलसीपुर, १९ जेठ । कुटपिट र लुटपाटमा दोषी ठहर भएका एक जना २४ बर्षपछि दाङमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका १७ निबासी जागीराम चौंधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरिक्षक धिरजप्रताप सिंहले जानकारी दिए । घोराही उपमहानगरपालिका १७ निबासी दलबहादुर श्रेष्ठले १४ माघ २०४८ मा जागीराम चौंधरीले कुटपिट गरेर लुटपाट गरेको भन्दै प्रहरीमा जाहेरी दिएका थिए । जाहेरीका आधारमा दाङ देउखुरी जिल्ला अदातल घोराहीले चौधरीलाई दोषी ठहर गर्दै एक बर्ष कैद सजाय तोेकेको थियो । अपराधा नियन्त्रण तथा फरार अपराधी पक्राउ गर्ने अभियान अन्र्गत प्रहरीको विशेष टोलीले शुक्रबार पक्राउगरी अदालतमा पेश गरको छ ।

प्रकाशित मिति : २०७४ जेष्ठ १९ गते शुक्रवार
प्रतिक्रिया