सुशील बस्नेत
दाङ,१९ जेठ / सरोकारवाला पक्षले सकारात्मक भूमिका खेल्न सके स्थानिय तहको निर्बाचनलाई मर्यादीत,शान्ति पूर्ण र बिश्वसनीय बन्ने अधिकारकर्मीहरुले बताएका छन् । मानव अधिकार तथा शान्ति समाजको २१ औ स्थापना दिवसको सन्र्दभमा दाङको तुलसीपुरमा आज शुक्रबार आयोजना गरिएको बिचार गोष्ठीमा सहभागि अधिकारकर्मीहरुले निर्बाचनलाई धाधँलीरहित,शान्तिपूर्ण र मर्यादीत र बिश्वसनीय बनाउन निर्बाचनमा खटिएका पक्षले मात्र केही गर्न नसक्ने भएकाले आम नेपालीहरुको सकारात्मक भूमिका हुनुपर्नेमा जोड दिएका छन् ।
निर्बाचनको पक्षलाई मात्र नभई बिभिन्न माग राख्दै निर्बाचनको बिपक्षमा धारणा राख्ने पक्षलाई पनि निर्बाचनमा भाग लिने वा सहयोग गर्ने वातावरण सृजना गराउनुपर्ने उनीहरुको सुझाब छ । नेपाली नागरिकलाई शक्तिकरण गर्ने र त्यसका लागि आबधिक निर्बाचन अनिबार्य हुनुपर्ने कार्यक्रममा सहभागि मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सचिब सुशील बस्नेतले जानकारी दिनुभयो ।
स्थानिय तहको दोस्रो निर्बाचन असार १४ गते तोकिएकाले अब निर्बाचन अन्य कुनैपनि बाहनामा सार्न नहुने बिचार बस्नेतले राख्नुभयो । अब हुने निर्बाचनलाई शान्तिपूर्ण,आम मतदाताको सहभागिता र बिश्वसनीय बनाउन सबैले सकारात्मक भूमिका खेल्ने पर्नेमा जोड दिनुभयो ।
सोही अबसरमा नेपाली काग्रेसका नेता सुरेन्द्र खडकाले मानव अधिकार,प्रेस स्वतन्त्रता र आवधिक निर्बाचन बिनाको लोकतन्त्र हुनै नसक्ने बताउनुभयो ।
त्यसका लागि लोकतन्त्रका लागि मानव अधिकारको संरक्षण र प्रबृद्धन हुनुपर्नेमा जोड दिनुभयो । सोही अबसरमा मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय संयोजकहरु मोहन धिताल,निर्मल नेपाली,सुरेश श्रेष्ठ र उषा गौतम,शाखाका संस्थापक सभापति डिल्लीराज धिताल र पूर्ब सभापति महेन्द्र लामिछाने लगायतले मानव अधिकार,लोकतन्त्र,शान्ति र सहिष्णुता लगायतका बिषयमा चर्चा गर्नुभएको थियो ।
त्यस अबसरमा तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष बिमल रिजाल,रेडियो संजीबिनीका बरिष्ठ कार्यक्रम संयोजक सन्तोष केसी,शान्ति समाजका सदस्यहरु संम्झना डाँगी,माधब बस्नेत लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । शाखा सभापति सुरेश हमालको सभापतित्वमा भएको कार्यक्रममा स्वागत मन्तब्य सदस्य नबिन पोख्रेल,धन्यबाद कोषाध्यक्ष निर्मला योगी र सजीकरण सचिब शरद रेग्मीले गर्नुभएको थियो ।
यसैबिच शाखाको आजै शुक्रबार तुलसीपुरमा बसेको बैठकले शान्तिपूर्ण रुपमा स्थानिय तहको निर्बाचन गर्न गराउन सरोकारवाा पक्षलाई आग्रह गरेको छ । साथै शान्ति समाजको आजीवन सदस्यता बितरणका लागि आह्वान गर्ने निर्णय गरेको शाखा सचिब शरद रेग्मीले जानकारी दिनुभयो । शान्ति समाजको २०५३ साल जेठ १९ गते आजैका दिन मानव अधिकारकर्मी कृष्ण पहाडीको नेतृत्वमा स्थापना गरिएको थियो । शान्ति,लोकतन्त्र,अहिंसा र सहिष्णुतालाई मुख्य नाराका साथ समाजको स्थापना भएको हो ।