प्रत्येक वडामा एम्बुलेन्सको व्यवस्था गर्नुपर्छ : पाण्डे

तुलसीपुर, १७ जेठ ।
नेकपा एमाले तुलसीपुर उपमहानगरपालिकाका मेयरका प्रत्यासी घनश्याम पाण्डेले प्रत्यक वडामा यम्बुलेन्सको व्यवस्था गर्नु पर्नेमा जोड दिएका छन् । कुनै पनि नागरिकलाई अस्पतालमा तत्काल पुरयाएर उसको जिवन रक्षाका गर्नकालागि प्रत्यक वडामा यम्बुलेनसको आवश्यकता रहेको बताए । नेकपा एमाले तुलसीपुर उपमहानगरपालिका १६ उत्तरकुररियामा भएको घरदैलो अभियान पछिको कोणसभालाई सम्बोधन गर्दै पाण्डेले यस्तो बताएका हुन् । अस्पतालमा उपचार गर्न जानकै लागि यम्बुलेन्सलाई २/३ घन्टा कुर्दा कतिपय बिरामीको अकालमा ज्यान गएको भन्दै पाण्डेले १९ वटा वडामा यम्बुलेन्सको व्यवस्था गर्नु पर्ने बताए ।


सोअबसरमा उपमेयरका प्रत्यासी मायाँ आचार्य, तुलसीपुर उपमहानगरपालिका प्रचारप्रसार समितिका सदस्य गिरीराज केसी लगाएतले आफनो पक्षमा मतदान गर्न आग्रह गरेका थिए । १६ नम्बर वडाका वडा अध्यक्षका उम्मेदवार भुपबहादुर केसीको अध्यक्षतामा कोणसभा सम्पन्न भएको थियो ।  घरदैलो अभियान उत्तर कुररीया, फचकलुवा, साइपुर, गनेसपुर लम्क्षीपुर, जोगीडाँडा लगाएतका स्थानमा घरदैलो अभियान गरिएको छ ।

यसैगरी तुलसीपुर उपमहानगरपालिका १५ दक्षिण कुररियामा श्रद्धाञ्जलीसभा सम्पन्न भएको छ । नेकपा एमाले वडा कमिटीको आयोजनामा श्रद्धाञ्जलसभा सम्पन्न भएको हो । एमालेका सक्रियकार्यकर्ता स्वर्गीय डण्डीराम रेग्मीको १३ औं पुन्यतिथीका अवसरमा बोल्ने वक्ताले उनको व्यक्तिको बारेमा चर्चा गरेका थिए । वडाकमिटीका अध्यक्ष झुपलाल बुढोथोकीको अध्यक्षता एवम् नेकपा एमाले जिल्ला कमिटी दाङका अध्यक्ष टिकाराम खड्काको प्रमुख आथित्यमा कार्यक्रम भएको थियो । सो अवसरमा नेकपा एमाले तुलसीपुर उपमहानगरपालिकाका प्रचारप्रसार समितिका संयोजक शोभाराम बस्नेत, मेयरका उम्मेवार घनश्याम पाण्डे, उपमेयरका उम्मेदवार मायाँ आचार्य १५ नम्बर वडाका वडा अध्यक्षका उम्मेदवार लक्ष्मण चौधरी लगाएते बोलेका थिए ।

प्रकाशित मिति : २०७४ जेष्ठ १७ गते बुधवार
प्रतिक्रिया