तुलसीपुर, १६ जेठ
नेकपा एमालेको पार्टी प्रवेश कार्यक्रम तुलसीपुर उपमहानगरपालिका १ दमागरगाउँमा सम्पन्न भएको छ । सोअवसरमा विभिन्न पार्टी परित्याग गरि आउनेलाई तुलसीपुर उपमहानगरपालिकाका मेयरका प्रत्यासी घनश्याम पाण्डेले स्वागत गर्नुभएको थियो । हिमाल खरेलको नेतृत्वमा ५० जना विभिन्न पार्टी परित्याग गरेर एमालेमा प्रवेश गरेको एमाले वडाकमिटीले जनाएको छ ।
वडा कमिटी सदस्य ओमकली भण्डारीको अध्यक्षतामा भएको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मेयरका प्रत्यासी पाण्डेले एमालेको जनलहरले विपक्षीदलहरु अत्तालिएको बताउनु भयो । सो अवसरमा पारिवारीक निजीवन महासंघका केन्द्रिय अध्यक्ष जोगराज गिरी, एक नम्बरका उम्मेदवार लक्ष्मण भण्डारी, नवप्रवेशी हिमाल खरेल, महेश वली लगाएतले बोल्नु भएको थियो । कार्यक्रमको सहजीकरण वडा सचिव खुमप्रसाद भण्डारीले गर्नु भएको थियो ।
प्रकाशित मिति : २०७४ जेष्ठ १६ गते मङ्गलवार