बागचौर नगर प्रमुख लोकमानले भने कुनै सुविधा लिदैन

प्रद्युम्न उपाध्याय, बागचौर १६ जेठ ।
बागचौर नगरपालिकाका प्रमुख लोकमान बुढाथोकीले आफु प्रमुखको पदमा रहदासम्म कुनैपनि सेवा सुविधा नलिने भएका छन । जनताको काम गर्न आएकोले उनले आफुले पाउने सेवा सुविधा सामाजिक काममा लगाउने जनाएका हुन । बागचौर नगरपालिकामा सहिद रिंग रोड निर्माण गर्ने, सुविधा नलिने, कार्यालयलाई नमुना बनाउने लगायतका प्रतिवद्धता जनाएका थिए ।
आफु व्यावसाय, राजनिती लगायत सबैमा सफल भएको भन्दै राजनीति समाजसेवा भएकाले राजनिती गर्ने व्यक्तिले पैसाको निम्ति राल नचुहाउने बताएका थिए । यदि आफुले हारेको भए पनि त्यो रकम नपाउने भन्दै घरकै खाएर भएपनि समाजको काम गर्ने उनले बताएका हुन । पत्रकार सम्मेलनलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन ।

त्यस अघिको पदभार ग्रहण पछिको कर्मचारीलाई सम्बोधनका क्रममा सत्ताको काम गर्न कर्मचारीलाई अप्ठेरो परेका बेला आफु सत्ता चलाउन आएको भन्दै कर्मचारीलाई अप्ठेरो मानेर दायाबाया नगर्न भनेका थिए । कर्मचारी आफुखुशी चल्न पाउदैन भन्दै कर्मचारी र जनप्रतिनिधि जनताका निम्ति काम गर्ने व्यक्ति भएकाले उनिहरूको टीका टिप्पणी जनताले गर्ने र गर्न पाउने भएकाले आफुलाई जनताले पहिलो नं मा राखेर टिप्पणी गर्ने बताएका छन ।
कर्मचारीलाई निर्देशनका क्रममा उनले नेपाल सरकारको निर्देशन अनुसार ड्रेस अनिवार्य गर्न भनेका थिए । उनले व्यक्तिगत रूपमा कसैले अफिसमा फेसबुक चलाएर जनताको काम नगरेमा कार्वाही गर्ने भन्दै कर्मचारी अनुशासनमा बस्नुपर्ने बताएका छन । राजनितिक आग्रह पुर्वाग्रह राखेर आफुले काम नगर्ने भन्दै उनले कर्मचारीलाई पनि पुर्वाग्रह नगर्न भनेका थिए ।

राजनितिक आग्रह पुर्वाग्रह नराखी बागचौर नगरपालिकालाई नमुना बनाउने भन्दै भ्रष्टाचार उन्मुलन बनाउने अभियानमा लाग्ने भएकाले र्याल नकार्नु उनले कर्मचारीलाई भनेका थिए ।  राजनितिक रूपमा आग्रह नराखि एउटै परिवार भएर काम गरौला भन्दै उनले कर्मचारीलाई प्रमुखको मान राखेर काम गर्न कर्मचारीलाई निर्देश गरेका थिए । आफुलाई कम्जोर बनाउन हैन बलियो बनाउन सुझाव सहित भन्न सबैलाई आग्रह गरेका थिए । पदभार ग्रहण पछि पहिलो नम्बरमा नगर प्रमुख लोकमानले सहिद गेटमा रहेका शहिदका शालिकमा माल्यार्पण गरेका थिए ।

प्रकाशित मिति : २०७४ जेष्ठ १६ गते मङ्गलवार
प्रतिक्रिया