माओवादीका केन्द्रिय सदस्य बैरागी एमालेमा फर्किए

तुलसीपुर, १६ जेठ
माओवादी केन्द्रका केन्द्रिय सदस्य कृष्ण बैरागीले पुरानै घरमा फर्किएको बताउनु भएको छ । एक सय ५१ जना विभिन्न पार्टीका कार्यकर्ता सहित माओवादी केन्द्र छोडेर आफु एमालेमा फर्किएको बताउनु भयो । ‘छोरा, बुहारी, श्रीमति सवै एमालेमा छन्, म मात्रै माओवादी केन्द्र भएकाले अपठेरो महसुस पनि भएको थियो, अवको सम्भावना बोकेको पार्टी एमाले मात्रै भएकाले फर्किए’ बैरागीले भन्नुभयो । एमालेको पार्टी कार्यालय तुलसीपुरमा भएको परिचयात्मक कार्यक्रममा बोल्दै बैरागीले घरभित्र आएको भन्दै सुरक्षाको जिम्मेवारी गर्नु पर्ने बताउनु भयो । बैरागी पुरानै पार्टी एमालेमा आएपछि हौसीएका नेताहरुले खाँदा र टीका लगाएर सम्मान गरेका थिए ।

प्रकाशित मिति : २०७४ जेष्ठ १६ गते मङ्गलवार
प्रतिक्रिया