विजौरी,१५ जेठ ।
नेकपा एमालेका पोलिट् ब्युरो सदस्य भागवत विश्वासीले अब कृषि क्षेत्रलाई आधुनीकीकरण तर्फ लैजानुपर्ने बताउनुभएको छ । नेकपा एमाले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ कमिटिले आयोजना गरेको चुनावी सभालाई सम्बोन्धन गर्दै संसद समेत रहेका विश्वासीले एमालेबाट नै अब देशमा विकास हुने बताउनुभएको थियो ।
वडा नम्बर १९ कमिटिका अध्यक्ष सुमन पोख्रेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमका विशिष्ट अतिथि नेकपा एमाले तुलसीपुर नगर कमिटि इन्चार्ज देवराज विश्वकर्माले वडा नम्बर १९ प्राकृतिक सम्पदाले भरिपूर्ण वडा भएकाले यस वडाको विकासमा एमालेको विशेष भूमिका रहने बताउनुभएको थियो । त्यसैगरी कार्यक्रममा वडाध्यक्षका प्रत्यासी रामबहादुर योगी, वडा नम्बर १९ का इन्चार्ज डिल्ली पुन, सहइन्चार्ज कमानसिहं पुन, प्रेस चौतारी दाङका अध्यक्ष टीका बस्नेत, बिजौरी उद्योग वाणिज्य संघका अध्यक्ष मुकेश वली, नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला सदस्य डिल्ली भण्डारी एमालेका नेता चन्द्रबहादुर खडकालगायतकाले बोल्नुभएको थियो ।
कार्यक्रममा पलबहादुर वली, कुलबहादुर केसी, शिवराज गुरुङ, टेकबहादुर ठकुरी, तिलक केसी लगायतका नेपाली काग्रेस परित्याग गरि नेकपा एमालेमा प्रवेश गर्नुभएको थियो । कार्यक्रममा वडा कमिटि उपाध्यक्ष सोमराज गौतमको स्वागत मन्तव्यबाट सुरु भएको थियो भने सचिव लेखनाथ खत्रीले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।