तुलसीपुर १५ जेठ ।
स्थानिय तहको दोस्रो चरणको निर्वाचनका लागी निर्वाचन आयोग निर्वाचन अधिकृतको कार्यालय तुलसीपुर उपमहानगरपालिका तुलसीपुरमा स्थापना गरीएको छ । सोमवार तुलसीपुर उपमहानगरपालिका कार्यालयमा एक कार्यक्रमको आयोजना गरी प्रमुख जिल्ला अधिकारी मेघनाथ काफले कार्यालय उद्घाटन गर्नु भएको छ ।
निर्वाचन अधिकृत गणेस प्रसाद आचार्यको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । सो अवसरमा नेपाली काग्रेसका भिम प्रसाद भण्डारी, नेकपा एमालेका कृष्ण प्रसाद भुसाल,तुलसीपुर उपमहानगरपालिकाका मेयर पदका उम्मदवार घनश्याम ,अखण्ड पार्टी नेपालका भिम बहादुर केसी, देशभक्त गणतान्त्रिक मन्च पार्टीका ईश्वरी प्रसाद गैरे,जनमुक्ति पार्टीका लिला शाह,मानव अधिकार तथा शान्ती समाजका केन्द्रिय सचिव सुसील वस्नेत,नागरिक समाजका संयोजक टिकाराम रेग्मी लगाएतले वोल्नु भएको थियो ।
कार्यक्रमको सहजीकरण तुलसीपुर उपमहानगरपालिकाका वरिष्ठ वित्तिय अधिकृत ललित बहादुर घर्तिले गर्नु भएको थियो । कार्यालय स्थापना भएसंगै तुलसीपुरको १९ वडामा हुने निर्वाचन सम्वन्धि सवै कामहरु कार्यालयको समन्वय र सम्पर्कमा हुने बताइएको छ । साथै सामेवार तुलसीपुर सहित अन्य १० वटै स्थानिय तहमा निर्वाचन अधिकृतको कार्यलय स्थापना गरीएको बताइएको छ ।