बँगलाचुलीमा निर्वाचन अधिकृत को कार्यालय उद्घाटन

जीवन नेपाली, कमिरेचौर १५ जेठ ।
सरकारले तोकेको स्थानीय तहको दोस्रो चरणको निर्वाचन सम्पन्न गराउँन निर्वाचन आयोगले धमाधम काम सुरु गरिसकेको छ । जस अनुसार दाङको बंगलाचुली गाउँपालिकामा सोमबार निर्वाचन अधिकृत को कार्यालय उद्घाटन गरिएको छ । जेष्ठ ३१ मा हुन गईरहेको स्थानीयतहको दोस्रो चरणको चुनावी कार्यक्रमलाई सम्पन्न गर्न सोमबार निरर्वाचन अधिकृतको कार्यालय उद्घाटन गरिएको हो ।

गाउँपालीका का कार्यकारी अधिकृत चन्द्रकान्त पौडेलको अध्यक्षता एवं निर्वाचन अधिकृत दण्डपाणी घिमीरेको प्रमुख आतिथ्यमा निर्वाचन कार्यालयको उद्घाटन गरिएको हो । उद्घाटन कार्यक्रम मा बोल्दै निर्वाचन अधिकृत घिमीरेले स्थानीयतहको निर्वाचनलाई निष्पक्ष तथा धाँदलीरहीत बनाउन गाउँपालीकामा क्रियासील सबै राजनीतिक दलहरुले निर्वाचन आयोगलाई सहोग गर्न अनुरोध गर्नु भयो ।

उहाँले भन्नु भयो “पहिलो चरणको निर्वाचनका क्रममा विभिन्न स्थानमा धेरै नै किचलो पैदा भएको खबर आयो तर यस गाउँपालीका मा मर्यादीद तवर बाट नीर्वाचन सम्मपन्न गराउनु पर्छ त्यसमा सबै सरोकारवालहरुको विशेष भूमिका रहने भएको हुँदा सबैले निर्वाचन आयोगलाई सहयोग गर्नुहुने छ भन्ने अपेक्षा लिएको छु ।”

सो अवसरमा नेपाली कांगे्रसका गाउँपालीका प्रतिनीधि जागेश्वर अधिकारी, एमालेका दामोदर खड्का, माओबादी केन्द्रका गाउँपालीका सचिव तथा गाउँपालीका प्रतिनीधि हिमलाल लम्साल, स्वाथ्यचौकी कमिरेचौरका प्रमुख चेतप्रसाद लम्साल लगातका विभिन्न सरोकारवालाहरुको सहभागीता रहेको थियो । कार्यक्रमको सहजीकरण बंगलाचुली गाउँपालिका वार्ड नम्बर ३ तथा ४ का सचिव होमलाल भुसालले गर्नु भएको थियो ।।

प्रकाशित मिति : २०७४ जेष्ठ १५ गते सोमवार
प्रतिक्रिया