बालमैत्री स्थानीय शासन सम्बन्धी अभिमुखीकरण सुरु

तुलसीपुर,१४ जेठ ।
सञ्चारकर्मीहरुको लागि बालमैत्री स्थानीय शासनसम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रमको आज उद्घाटन गरिएको छ । पत्रकार महासंघ दाङको आयोजना एवम जिल्ला समन्वय समिति दाङको सहयोगमा कार्यक्रम सुरु भएको हो । पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियाशनको अध्यक्षता एवम पत्रकार महासंघ दाङका सल्लाहाकार दुर्गालाल केसीको प्रमुख आतिथ्यता तथा बालअधिकारकर्मी विकिरण गौतमको विशिष्ट आतिथ्यतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा प्रेस चौतारी दाङका सचिव बसन्त विवश आचार्य, रिपोटर्स कल्ब दाङका अध्यक्ष शरद रेग्मी लगायतकाले बोल्नुभएको थियो । कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय सभासद शुसील गौतमले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने सहसचिव शर्मिला डिसीको स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन सहसचिव गोकर्ण पौडेलले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७४ जेष्ठ १४ गते आइतवार
प्रतिक्रिया