शान्ति स्वँयम सेवकका लागि अभिमुखीकरण

देविराम कुसारी, दाङ जेठ १४ ।

परिवर्तनका संवाहक शान्ति र पुर्मिलाप कार्यक्रमका शान्ति स्वयम सेवकका लागि एक दिने अभिमुखीकरण गोष्ठि घोराहीमा सम्पनन भएको छ । नेपाल महिला सामुदायिक सेवा केन्द्र घोराही र नागरिक आवाज ललितपुरको साझेदारीमा सञ्चालित परिवर्तनका संवाहक शान्ति र पुनर्मिलप कार्यक्रम अन्तरगत गोष्ठि भएको हो । नेपाल महिला सामुदायिक सेवा केन्द्रका योजना तथा अनुगमन विभाग प्रमुख मेनुका गिरीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लाका ४५ जना शान्ति स्वयम सेवकको सहभागिता रहेको थियो ।

कार्यक्रममा संस्थाको परिचय, कार्यक्षत्र र सञ्चालित कृयाकलापको वारेमा जनशक्ति तथा तालिम व्यवस्थापक लोकमणी रेग्मीले जानकारी गराउनु भएका थियो । त्यसैगरी कार्यक्रम संयोजक वसन्त पोख्रेलले शान्ति सस्वयम सेवकको भुमिका र कार्यक्रमको क्षेत्रका वारेमा जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा समुदायको समस्या समाधानमा स्वयम सवेकको भुमिकाका वारेमा जानकारी गराइएको थियो भने आमा समुह, युवा समुह, वाल समुह गठन प्रकृया र महत्वका वारेका माने सामाजिक विमर्सकर्ता लक्ष्मी ढकालले जानकारी गराउनुभएको थियो । कार्यक्रममा साविक गोल्टाकुरी, फुलवारी, लक्ष्मीपुर गाविसका शान्ति दुतहरुको पनि सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०७४ जेष्ठ १४ गते आइतवार
प्रतिक्रिया