नेपालमा कोरोना संक्रमणकै कारण मृत्यु हुनेको संख्या ५६ पुग्यो

  साउन १६, २०७७

काठमाडौ, १६ साउन ।

Advertisement

पाटन अस्पतालमा उपचाररत ६५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । आईसीयूमा उपचाररत उनको शुक्रबार बिहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डाक्टर खगेश्वर गेलाले बताए ।ललितपुर थसिखेल निवासी ती महिलालाई गएको साउन ६ गते अस्पताल भर्ना गरिएको थियो । उनी हालसालै वीरगञ्जबाट आएकी थिइन् ।

Advertisement

स्टार अस्पतालमा कोरोना संक्रमण पुष्टि भएपछि पाटन अस्पतालमा राखीएको थियो ।बिहीबार मात्र वीरगन्जमा तीन जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको थियो । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ । यद्यपी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गर्न बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस