माओवादि केन्द्रद्धारा तुलसीपुर ५ का उम्मेद्धार घोषणा

शरद रेग्मी,तुलसीपुर जेठ १३ ।

नेकपा माओवादि केन्द्रले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ मा उम्मेद्धारहरु घोषणा गरेको छ । आज एक कार्यक्रमका विच केन्द्रले उम्मेद्धारकोे घोषणा गरेको होे । तुलसीपुर उपमहानगरपालिका वडा नं पाँच का अध्यक्ष मिनराज भण्डारीको अध्यक्षता एवं नगर उपाध्यक्ष चित्र बहादुर खड्काको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नं पाँचको अध्यक्षमा पे्रम योगीलाई उम्मेद्धार बनाएको छ ।

त्यसैगरी सदस्यहरुमा करण बहादुर दमाई , लाल बहादुर विक, दलित महिला सदस्यमा निमा दमिनि र खुला
महिला सदस्यमा पार्वती कुमारी बुढाथोकिलाई उम्मेद्धार बनाईएको संघका सचिव बेद प्रसाद वलीले जानकारी दिनुभयो । नेकपा माओवादि केन्द्रको शहर देखि गाऊगाऊ सम्म चुनावि प्रचारप्रसार अभियानलाई तिव्रता दिएको छ ।

प्रकाशित मिति : २०७४ जेष्ठ १३ गते शनिवार
प्रतिक्रिया