नवलपरासी १३ जेठ /सेल्फी खिच्ने क्रममा नवलपरासीमा दुई जनाको ज्यान गएको छ । नारायणी नदी किनारमा सेल्फी फोटो खिच्ने क्रममा खसेर दुई जना किशोरको ज्यान गएको हो ।
इलाका प्रहरी कार्यालय गैंडाकोटले दिएको जानकारीअनुसार बिहीबार नारायणी नदी किनार सेल्फी खिच्दा नदीमा खसेर बेपत्ता भएका दुई जनाको शव शुक्रबार बिहान फेला परेको हो ।
इलाका प्रहरी कार्यालय गैंडाकोटका प्रहरी नायब निरीक्षक सुवास हमालका अनुसार गैंडाकोट नगरपालिका २ ब्रिटिस क्याम्प भन्ने ठाउँमा नदी किनारमा फोटो खिच्ने क्रममा गैंडाकोट २ बस्ने १७ वर्षका आशिश श्रेष्ठ र गैंडाकोट ८ बस्ने १७ वर्षकै भुपेन्द्र केसी बेपत्ता भएका थिए । दुवै जनालाई सशस्त्र प्रहरीको गोताखोर टोलीले सोही स्थानमा फेला पारेको हो ।
प्रकाशित मिति : २०७४ जेष्ठ १३ गते शनिवार