प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री पदबाट राजीनामा दिनुभएको छ । बुधबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदबारबाट राष्ट्रको नाममा विशेष सम्बोधन गर्दै उहाँले प्रधानमन्त्री पदबाट राजीनामा दिनुभएको हो।
आफ्नो नेतृत्वको सरकारले छोटो समयमै जनताको मन जित्ने काम गरेको दाबी गर्नु भएको छ । राजीनामा अघि राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले गठबन्धनका कारण आफ्नो सरकार सीमामा भएको भन्दै राजीनामा दिनुभएको हो ।
उहाँले राजनीतिक दललमा इमान घट्दै गएको र आफूले नैतिकताको खडेरीलाई अन्त्य गर्न राजीनामा दिएको बताउनु भएको छ । ‘मान्य मन्त्रीलाई सद्भाव र सहयोगका लागि धन्यवाद दिन्छु’, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘इमानको कमी र उपयोग बढी देखिन्छ, त्यसलाई तोड्न नै मैले सरकार छोड्ने निर्णय लिएको हुँ ।’
प्रकाशित मिति : २०७४ जेष्ठ १० गते बुधवार