तुलसीपुर,८ जेठ ।
राप्रपाले तुलसीपुर उपमहानगरपालीका वडा नम्बर ५ मा स्थानिय निर्वाचनका लागि उम्मेद्धारी सार्वजनिक गरेको छ । जस अनुसार वडा अध्यक्ष पदका उम्मेद्धार सुधिर गुरुङ हुनुहुन्छ । त्यसैगरी सदस्य पदमा रोजिल गिरी,नितिन गुरुङ,महिला सदस्य निरायोगि ढुङ्गाना र दलित महिला सदस्यमा नोखि सुनार हुनुहुन्छ ।
उहाहरुको उम्मेद्धारी नगरसमितिले टुङ्गो लगाएको हो । नगर समिति अध्यक्ष लाल बहादुर केसीद्धारा जारी गरीएको सिफारीसमा यस्तो जानकारी दिईएको छ । साथै प्रचार प्रसार लाई पनि तिव्रताका साथ अघि बढाउन निर्देशन समेत दिईएको छ ।।
प्रकाशित मिति : २०७४ जेष्ठ ८ गते सोमवार