तुलसीपुर, ६ जेठ
दंगीशरण गाउँपालिका २ सर्राडाडाँमा एकपक्षिय कांग्रेसहरुको गोप्य भेला बसेको आरोप लागेको छ । निर्वाचनको समय नजिकिदै गर्दा गेहेन्द्र गिरी पक्षको वैठक बसेको दिपक गिरी पक्षकाले आरोप लागाएका छन् । पार्टी इकाई सभापतिले अन्य कसैलाई खबर नगरेर आफु निकटकालाई मात्रै बोलाएर बैठक गरेको उनिहरुले दाबी गरे । ‘जनआधार भएका मान्छे यीनै हुन भन्ने देखाउन कार्यबाहक क्षेत्रीय सभापति घनश्याम ढकाललाई बोलाएर घुमाउरो पाराले दवाव दिए, सवै हामीले बुझेका छौ दिपक नजिकका मानिने एक कार्यकर्ताले भने ।’
कांग्रेस स्रोतका अनुसार वैठकमा सहभागी भएका कार्यबाहक क्षेत्रिय सभापति घनश्याम ढकाल, सम्भु गिरी र यज्ञनाराण आचार्य दिपक लाइनका मानिन्छन् । ‘सवै जुटेका होलान् भनेर हामीहरु गयौं क्षेत्रिय सभापति ढकाललाई उदृत गर्दै ती कार्यकताले भने, कोही पनि जुटेका रहेनछन् ।’ स्रोतका अनुसार दुइ नम्बर वडाको अध्यक्षमा तुलसीराम देवकोटा बाह्यक अन्य कसैलाई अध्यक्षको टिकट दिएमा सहयोग नगर्ने कार्यकर्ताले दबाब दिएको बुझिएको छ ।
‘देवकोटा बाहयक अन्यले टिकट पाएमा स्वतन्त्रबाट वागी उम्मेदवार हाल्छौ भन्दै कार्यकर्ताले सभापतिलाई दबाब दिए, गेहेन्द्र लाइनका एक कार्यकर्ताले भने ।’
यता साविक गोल्टाकुरी गाउँ इकाई सभापति प्रकास वलीले २५÷३० भोटेले लगाएको आरोप गलत भएको बताएका छन् । ‘एमाले र माओवादी केन्द्रले चुनावी गतिविधि गरिरहदा हामीले पनि केहि गर्नुपर्छ भन्दै सभापतिलाई बोलाएर सल्लाहा मागेका हौं गोप्य भेला हैन, वलीले भने ।’ जनमत र जनआधार नभएकाहरुले लगाएको आरोपको कुनै तुक नभएको इकाई सभापति वलीले बताए ।
दंगीशरणमा एकपक्षिय कांग्रेसको गोप्य भेला,, टिकट नपाए वागी उम्मेदवारी हाल्ने चेतावनी
प्रकाशित मिति : २०७४ जेष्ठ ६ गते शनिवार
प्रतिक्रिया