तुलसीपुर, ६ जेठ ।
जेष्ठ नागरिहरुको निशुल्क आँखा चेकजाँच गरीएको छ । घर आगनमै निशुल्क आँखा चेकजाँच गराउन पाउदा जेष्ठ नागरिकहरुले खुसी व्यक्त गरेका थिए राप्ती आँखा अस्पताल रक्षाचौर र जेष्ठ नागरिक तुलसीपुर –१० को आयोजनामा तुलसीपुर उपमहानगरपालिका –१० गौरीगाउँमा आयोजना गरिएको निुशल्क आँखा शिविरमा दुई सय ५१ जनाले सेवा लिएका थिए ।
विभिन्न कारणले आँखाको समस्या हुदा पनि अस्पताल सम्म आउन नसकेका जेष्ठ नागरिहरुलाई सहजताको लागि शिविरको आयोजना गरिएको बताएको छ । आँखा चेकजाँच गरीएका मध्य मध्य ३१ जना जेष्ठ नागरिकहरुको आँखामा मोतिविन्दु देखिएको अस्पतालका नेत्र सहायक सपना गौतमले जानकारी दिइन् । उनीहरुलाई शोमवार अस्पतालले निशुल्क मोतिविन्दुको शल्यक्रिया गर्ने अस्पतालका बाह्ेकार्यक्रम सहसंयोजक विष्णु खनालले बताए । जेष्ठ नागरिक मञ्चका अध्यक्ष गणेशबहादुर योगीको अध्यक्षता तथा नगरअध्यक्ष ललितबहादुर वलीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।
कार्यक्रममा सहसंयोजक विष्णु खनाल, नेपाली कांग्रेसका वडा ईकाई सभापति यमराज केसी, वडा नागरिक मञ्चका संयोजक डिला केसीलगायतकाले बोलेका थिए । कार्यक्रमको सहजीकण सामाजिक परिचालक शोभा गौतमले गरेकि थिइन् । खनालको नेतृत्वमा नेत्र सहायक सपना गौतम, रोहित कठायत, पावती पौडेल, पुर्ण वलीलगायतको प्राविधिक टोलिले शिविरमा आँखा चेकजाँच गरेको सुचना अधिकृत बालाराम खड्काले जानकारी दिएका छन् ।।